Section 6
दण्ड सजाय :

(१) कुनै व्यक्ति वा व्यक्तिहरूले नेपाल सरकारको स्वीकृति विना कुनै वर्गीय तथा व्यावसायिक संगठन खडा गरेमा त्यस्ता व्यक्ति वा व्यक्तिहरू प्रत्येकलाई नेपाल सरकारको आदेशले बढीमा ने.रु. ५००।– सम्म जरिवाना वा छ महीना सम्म कैद वा दुबै सजाय हुनेछ र
त्यसरी खडा गरिएको संगठन पनि अवैध हुनेछ ।
(२) कुनै वर्गीय तथा व्यावसायिक संगठन वा अरू संगठन वा त्यसका समिति वा सदस्यले यो ऐन वा यस अन्तर्गत बनेका नियमहरू अन्तर्गत नेपाल सरकारले दिएका कुनै
निर्देशनको पालन नगरेमा वा नेपाल सरकारबाट स्वीकृत विधान विपरीत कुनै काम कार्य गरेमा अवस्था अनुसार त्यस्तो संगठन त्यसको समिति वा सदस्यलाई नेपाल सरकारको आदेशले बढीमा ने.रु. ५००।– सम्म जरिवाना गर्न वा सोही आदेशमा तोकिएको अवधिसम्म निलम्बित वा खारेज गर्न सकिनेछ ।